चुनावको मिति तोक्ने सरकारको तयारी, मन्त्रिपरिषद् बैठक बस्दै


१९ श्रावण २०७९, बिहीबार ०७:५२ मा प्रकाशित

काठमाडौं । सरकारले आज चुनावको मिति तोक्ने तयारी गरेको छ ।

आज बस्ने मन्त्रिपरिषद् बैठकले प्रतिनिधि तथा प्रदेश सभाको चुनावको मिति तोक्ने तयारी भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।

तर मन्त्रिपरिषद् बैठकको समय भने निर्धारण भइनसकेको बताइएको छ ।

चुनावको मिति तोक्न अघि आज बिहान सत्ता गठबन्धनको बैठक पुनः बस्ने भएको छ ।

हिजो बसेको बैठकमा आगामी मंसिर ४ गते चुनाव गर्ने सहमति भएको नेताहरूले बताएका छन् ।

 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here