काठमाडौं । आगामी मंसिर ४ गते प्रतिनिधि तथा प्रदेश सभाको चुनाव गर्ने सत्ता गठबन्धनका दल सहमत भएका नेताहरूले बताएका छन् ।
बुधबार बसेको सत्ता गठबन्धनको बैठकले त्यस्तो सहमति गरेको नेताहरूको भनाइ छ ।
बुधबार बेलुका प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बैठक बसेको थियो ।
निर्वाचन आयोगले भने गत २२ असारमा नै २ मंसिरमा निर्वाचन गर्नेगरी सरकारसमक्ष निर्वाचनको मिति प्रस्ताव गरेको थियो ।
गठबन्धनको प्रमुख घटक नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले ४ मंसिरमा निर्वाचन गर्ने सहमति गठबन्धन आबद्ध दलबीच बनेको जानकारी दिनुभयो ।
निर्वाचन आयोग ऐन, २०७३ तथा निर्वाचनसम्बन्धी कानुनले प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्यको निर्वाचनको मिति आयोगको परामर्शमा नेपाल सरकारले तोक्ने व्यवस्था गरेको छ ।





