सुनसरी । सप्तकोसी नदीमा बनेको कोसी व्यारेजका ४१ वटा ढोका खुल्ला गरिएको छ । ५६ वटा ढोकामध्ये ४१ वटा ढोका खुल्ला गरिएको हो ।
तर नदीमा पानीको बहावमा उतारचढाव हुने क्रम जारी छ । गए राति कोसी ब्यारेज भएर प्रतिसेकेन्ड २ लाख ४२ हजार ९ सय ६५ क्युसेकका दरले पानीको बहाव रहेको थियो ।
आज बिहान ६ बजे २ लाख २९ हजार ३ सय ५ क्युसेक प्रतिसेकेन्ड पानीको बहाव रहेको सुनसरीका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले जानकारी दिनुभयो ।
यसैगरी आज बिहान ८ बजेको मापनअनुसार २ लाख २८ हजार २५ क्युसेक प्रतिसेकेन्ड पानीको बहाव रहेको छ ।
कोसी नदी ओभरफ्लो भइ उदयपुरको बेलाका नगरपालिका डुम्रीबोटेको बस्तीतर्फ गएको भए पनि कोसी ब्यारेजबाट पानीको बहाबमा भने उतारचढाव हुने क्रम जारी रहेको प्रजिअ यादवले बताउनुभयो ।





