पहिरोका कारण नारायणगढ मुग्लिन सडक अवरुद्ध


१७ श्रावण २०७९, मंगलवार १२:४२ मा प्रकाशित

काठमाडौं । पहिरोले चितवनको नारायणगढ मुग्लिन सडकखण्ड अवरुद्ध भएको छ । सोमबार रातिदेखि नै अवरुद्ध भएको सडक सञ्चालनमा आउन सकेको छैन ।

लामो समय सडक अवरुद्ध भएपछि राजमार्गमा यात्रुहरू अलपत्र परेका छन् । यो सडक अवरुद्ध हुँदा पूर्वपश्चिम राजमार्गमा समेत प्रभाव भएको छ । त्यहाँ जाम लागेको छ ।

भरतपुर महानगरपालिका(२९ स्थित केराबारी र १७ किलो भन्ने ठाउँमा सडक अवरुद्ध भएको छ । सडकमा लेदोसहितको पहिरो खसिरहेकोले पन्छाउन समस्या भएको बागमती प्रदेश ट्राफिक प्रहरी कार्यालयले जनाएको छ ।

पहिरो पन्छाउने काम भइरहे पनि समय लाग्ने देखिएकोले आज पनि दिनभर यातायात अवरुद्ध हुनसक्ने जनाईएको छ।

चितवनको इच्छाकामना गाउँपालिकाको वडा नम्बर २ र ३ जोड्ने पुलमा पनि पहिरो खसेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here