डेंगु रोग लामखुट्टेको टोकाइबाट संक्रमण फैलने गर्छ ।एडिज प्रजातिको लामखुट्टे जोखिपूर्ण हुन्छ । गर्मी एवं वर्षाको समयमा यस्तो लामखुट्टे फैलने भय बढी हुन्छ । त्यसैले डेंगुबाट बच्नु भनेको यस्ता लामखुट्टेको टोकाईबाट बच्नु नै हो । यो लामखुट्टे विहानी पख बढी सक्रिय हुन्छ ।
एडिस लामखुट्टे जमेको पानीमा जन्मने र हुर्कने गर्छ ।जस्तो कि, कुवाको पानी, खाल्डा खुल्डीमा जम्मा भएको पानी, नालाको पानी आदि । त्यसैले घर आसपासमा पानी जम्ने ठाउँ हुनुहुँदैन ।
उपचार कसरी गर्ने ?
शरीरको रोग प्रतिरोधात्मक क्षमता बढाउनु डेंगुको उपचार पद्धती हो ।डेंगुको संक्रमण भएको शंका लागेमा स्वास्थ्य परीक्षण गरी चकित्सकको सम्पर्कमा रहनुपर्छ । यस्तो अवस्थामा औषधिका साथसाथै खानपान र सही दिनचर्या आवश्यक हुन्छ ।
१. सादा भोजन गर्ने । धेरै नुन भएको खानेकुरा सेवन गर्नु हुँदैन ।
२. अनार, गहुँको जमराको रस पिउनुपर्छ ।
३. ताजा मौसमी फल सेवन गर्नुपर्छ ।
४. नरिवल पानी र सफा पानी धेरै मात्रामा पिउनुपर्छ ।
५ भिटामिन सी युक्त फल खानुपर्छ । कागती, सुन्तला, अंगुर, जामुन पर्याप्त मात्रामा सेवन गर्ने
६. मेवाको पातको रस बनाएर पिउनुपर्छ ।





