राप्रपाले आज देशभरका निर्वाचन क्षेत्रमा कोणसभा गर्दै


१४ श्रावण २०७९, शनिबार ०९:३८ मा प्रकाशित

काठमाडाैं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले आज देशका सबै निर्वाचन क्षेत्रमा कोणसभा गर्ने भएकाे छ ।

पार्टीका प्रचार विभाग प्रमुख मोहन श्रेष्ठका अनुसार राप्रपाले महंगी, बेरोजगारी, कुशासन र लम्पसारवादविरुद्ध देशका सबै निर्वाचन क्षेत्रमा काेणसभा गर्न लागेकाे हाे । दाेस्राे चरणकाे आन्दाेलन अन्तर्गत राप्रपाले काेणसभा गर्न लागेकाे हाे ।

पार्टी सदस्य र नागरिकलाई कोणसभामा सहभागी हुन राप्रपाले आह्वान गरेको छ । महंगी विरुद्ध राप्रपाले यसअघि पहिलाे चरणकाे आन्दाेलन सम्पन्न गरिसकेकाे छ ।

साउन ७ गते काठमाडाैंमा सम्पन्न राप्रपाको केन्द्रीय कार्यसमिति बैठकले साउनभित्र राष्ट्रव्यापी विरोध कार्यक्रम र भदौमा जनसंघर्षका कार्यक्रम सञ्चालन गर्ने निर्णय गरेको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here