राजा राखेरै देशलाई समृद्ध बनाउन बनाउन सकिन्छ : राजेन्द्र लिङ्देन


१० श्रावण २०७९, मंगलवार १७:१० मा प्रकाशित

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङ्देनले राजा राखेरै देशलाई समृद्ध बनाउन बनाउन सकिने बताउनुभएको छ ।

मंगलबार काठमाडौंमा आयोजित पार्टी प्रवेश कार्यक्रममा लिङ्देनले राजा चाहिन्छ भन्दा कोहि पछि डराउनु नपर्ने भन्दै राजा राखेरै देशलाई समृद्ध बनाउन सकिने बताउनुभएको हो । यसका लागि मुलुकको वर्तमान शासन व्यवस्था नै परिवर्तन गर्नुपर्ने उहाँको भनाइ छ ।

उहाँले देशमा पूर्णसमानुपातिक संसद्, प्रत्यक्ष निर्वाचित प्रधानमन्त्रीका साथै अभिभावकिय भूमिकामा राजा रहनुपर्ने दोहराउनुभयो । देशको बोझको रुपमा रहेको प्रदेशको संरचना खारेज गर्ने, भ्रष्ट नेताहरुलाई छानविनको दायरामा ल्याएर कारवाही गर्नुपर्ने उहाँले बताउनुभयो ।

उहाँले स्वतन्त्रताको नाममा अभिभावक बिहीन ढंगले कुनै काम गरे दुर्घटनामात्र हुने तर्क गर्नुभयो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here