नेपालमा थप ६ सय ३८ जनामा कोरोना संक्रमण पुष्टि, २ जनाको मृत्यु


१० श्रावण २०७९, मंगलवार १६:३७ मा प्रकाशित

काठमाडौँ । नेपालमा थप ६ सय ३८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

देशभर गरिएको २ हजार २ सय १५ पिसिआर परिक्षणका क्रममा ४ सय जना र २ हजार ८ सय ४० एन्टीजेन परिक्षणका क्रममा २ सय ३८ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । कोरोनाका कारण थप २ जनाको मृत्यु भएको छ । हालसम्म नेपालमा कोरोनाका कारण ११ हजार ९ सय ५९ जनाको मृत्यु भएको छ ।

त्यस्तै थप २ सय १८ संक्रमित निको हुँदा हालसम्म नेपालमा ९ लाख ६८ हजार ८ सय २ जना संक्रमण मुक्त भएका छन् । हाल नेपालमा ३ हजार ७ सय १४ सक्रिय संक्रमित आइशोलेशनमा रहेको मन्त्रालयले जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here