स्विट्जरल्यान्डबाट प्राप्त हुने ९५ करोड रुपैयाँ बराबरको अनुदान रकम स्वीकृत गर्ने सरकारको निर्णय


१० श्रावण २०७९, मंगलवार १७:४९ मा प्रकाशित

काठमाडौँ । सरकारले स्विट्जरल्यान्ड सरकारबाट प्राप्त हुने ९५ करोड रुपैयाँ बराबरको अनुदान सहायता रकम स्वीकृत गर्ने निर्णय गरेको छ ।

मन्त्रीपरिषद्का निर्णय सार्वजनिक गर्न मंगलबार आयोजित पत्रकार सम्मेलनमा सरकारका प्रवक्ता ज्ञानेन्द्रबहादुर कार्कीले गुणस्तरिय प्राविधिक तथा व्यावसायिक शिक्षा तथा तालिम परियोजना पहिलो चरण कार्यान्वयनका लागि ९५ करोड रुपैयाँ बराबरको अनुदान सहायता रकम स्वीकृत गर्ने निर्णय गरेको जानकारी दिनुभयो ।

बैठकले सवैको दिगो खानेपानी तथा सरसफाई आयोजनाका लािग युरोपियन युनियनबाट प्राप्त हुने एक अर्ब ३७ करोड रुपैयाँ अनुदान सहायतासमेत स्वीकृत गरिएको उहाले बताउनुभयो ।

बैठकले चलचित्र विकास बोर्डको अध्यक्ष पदमा भुवन केसीलाई मनोनयन गर्ने निर्णय गरेको छ भने नेपाली मुलका पोलिस नागरिक डा बोधराज सुवेदीलाई पोल्याण्डको वार्सा क्षेत्रभर कार्यक्षेत्र तोकि नेपालको अवैतानिक बाणिज्यदूत नियुक्त गर्ने निर्णय भएको प्रवक्ता कार्कीले बताउनुभयो ।

त्यस्तै मन्त्रीपरिषद्ले शहीद गंगाला राष्ट्रिय हृदय केन्द्रको सदस्य पदमा डा. प्रकाशराज रेग्मी र डा. नविन चन्द्र गौतमलाई मनोनयन गर्ने निर्णय गरेको उहाँले जानकारी दिनुभयो ।

बैठकले राष्ट्रिय जनस्वास्थ्य समितिको सदस्यमा राप्ती स्वास्थ्य बिज्ञान प्रतिष्ठानका उपकुलपतिलाई मनोनयन गर्ने निर्णय पनि गरेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here