सप्तरी । सप्तरीको खडक नगरपालिका लालपुरमा करेन्ट लागेर एक जनाको ज्यान गएको छ ।
सप्तरीको खडक नगरपालिका वडा नं ११ बस्ने ६० वर्षका शत्रुधन खङ्ग मण्डलको करेन्ट लागेर ज्यान गएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ।
खेतमा सिँचाइ गर्नका लागि जडान गरिएको पानी तान्ने मोटर खोल्ने क्रममा उहाँलाई करेन्ट लागेको थियो ।





