जिफन्टको अध्यक्षमा विनोद श्रेष्ठ, महासचिवमा लक्ष्मण शर्मा


१० श्रावण २०७९, मंगलवार १२:०९ मा प्रकाशित

 काठमाडौं : नेकपा एमाले निकट मजदुरहरूको संगठन नेपाल ट्रेड युनियन महासंघ (जिफन्ट) को अध्यक्षमा विनोद श्रेष्ठ चयन भएका छन्।

ललितपुरको गोदावरीमा सम्पन्न जिफन्टको आठौं राष्ट्रिय महाधिवेशनबाट श्रेष्ठ सर्वसम्मत रुपमा अध्यक्ष चयन भएका हुन्।  एमाले केन्द्रीय सदस्य एवं पोलिटब्युरो सदस्य समेत रहेका श्रेष्ठ पुनः अध्यक्ष बनेका हुन् ।

महाधिवेशनले श्रेष्ठको नेतृत्वमा ५१ सदस्यीय कार्यसमिति सर्वसम्मत रुपमा चयन गरेको छ।

जिफन्टको उपाध्यक्षमा रमेश बडाल, जितेन्द्र श्रेष्ठ, विदुर कार्की, कमल गौतम जनक चौधरी, मञ्जु थापा र सीता लामा चयन भए। महासचिवमा लक्ष्मण शर्मा चयन भएका छन्।

महाधिवेशनको उद्घाटन एमाले अध्यक्ष केपी शर्मा ओलीले शनिबार गरेका थिए।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here