कृषिप्रधान देशमा दुई खर्वभन्दा बढिको खाद्यान्न आयात हुनु लज्जास्पद बिषय हो : अग्नि सापकोटा


९ श्रावण २०७९, सोमबार १३:४७ मा प्रकाशित

काठमाडौँ । सभामुख अग्निप्रसाद सापकोटाले कृषिप्रधान देशमा दुई खर्वभन्दा बढिको खाद्यान्न आयात हुनु लज्जास्पद र चिन्ताजनक बिषय भएको बताउनुभएको छ ।

गन्तव्य परिवारद्वारा सोमबार काठमाडौमा आयोजित घर एक उद्यमशिल सदस्य अभियानको शुभारम्भ गर्दै सभामुख सापकोटाले कृषिप्रधान देशमा आन्तरिक उत्पादन बढाउनुपर्नेमा दुई खर्व ५० करोडको खाद्यान्न आयात हुनु लज्जास्पद र चिन्ताजनक भएको भन्दै युवाहरुलाई स्वदेशमा नै परिचालन गरि उत्पादन बृद्धिमा ध्यान दिनुपर्ने बताउनुभएको हो ।

नेपालका युवाहरु बिदेशका हरेक निकायमा रहेको भन्दै उनीहरुलाई स्वदेशमा नै परिचालन गर्दै मुलुकको आर्थिक बिकासमा ध्यान केन्द्रीत गर्नुपर्ने उहाले बताउनुभयो । सभाभुख सापकोटाले गुन्द्रुक, जनै लगाएत पछिल्लो समय खरानी समेत बिदेशबाट ल्याउनुपर्ने अवस्था अन्त्य गरेरै छाड्नुपर्ने धारणा राख्नुभयो । उहाँले युवाहरुको आवाजलाई राष्ट्रले धेरै राम्रोसंग बुलन्द गरिरहेको र त्यसको संकेत काठमाडौ र धरानमा देखिन थालेको जिकिर गर्नुभयो । युवाहरुको भावनालाई बुझ्न नसके मुलुक अझै पछि पर्ने उहाँको भनाइ छ ।

कार्यक्रममा बिभिन्न व्यक्तिहरुलाई सम्मान गरिएको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here