बिकास तथा प्रविधि समितिद्वारा काठमाडौं–मधेश फास्ट ट्रयाक निधार्रित समयमै सक्न सरकारलाई निर्देशन


९ श्रावण २०७९, सोमबार १६:०० मा प्रकाशित

प्रतिनिधिसभा अन्तर्गतको बिकास तथा प्रविधि समितिले राष्ट्रिय गौरवको काठमाडौं–मधेश फास्ट ट्रयाक काम समयमा नै सम्पन्न गर्नका लागि ठोस कार्यातालिका बनाई कार्यान्वयन गर्न सरकारलाई निर्देशन दिएको छ ।

सिंहदरबारमा सोमबार बसेको समिति बैठकले अहिलको अवस्थालाई हेदा आयोजना निर्धारित समयमा सम्पन्न हुनेमा समिति विश्वस्त नदेखिएको भन्दै आयोजनाको लागत नवढ्नेगरि समयमा नै आयोजनालाई सम्पन्न गर्ने गरि विश्वसनीय आधारसहितको ठोस कार्यातालिका बनाई कार्यान्वयन गर्न सरकारलाई निर्देशन दिएको हो ।

बैठकले उक्त कार्यतालिका यथाशिघ्र समितिलाई उपलव्ध गराउन मन्त्रीपरिषद् कार्यालय, रक्षा मन्त्रालय र सम्वद्ध आयोजनाहरुलाई निर्देशन दिएको समिति सभापति कल्याणी खड्काले जानकारी दिनुभयो ।

त्यस्तै बैठकले द्रुतमाग आयोजनाको काम सञ्चालन गर्दा यसका वातावरणीय पक्षहरुको कार्यान्वयनको वर्तमान अवस्था र आयोजनाको तेश्रो पक्षबाट हुने अनुगमनको कार्यान्वयको जानकारी जानकारी १५ दिनभित्र समितिमा पेश गर्न पनि निर्देशन दिइएको सभापति खड्काले बताउनुभयो ।

बैठकमा काठमाडौं–तराई÷मधेश द्रुतमार्ग सडक आयोजनाका प्रमुख सहायक रथी विकास पोखरेलले आयोजना अन्तर्गत बिभिन्न खण्डमा ठेक्का लगाएर काम भइरहेको जानकारी दिनुभयो । उहाले आयोजना निर्माण गर्दा वातावरणीय प्रभावलाई पनि सेनाले मध्यनजर गरेको दावी गर्नुभयो ।

 

समिति सदस्यहरुले आयोजनाको निर्माण गति निकै सुस्त भएको भन्दै आयोजना निर्माणमा देखिएका जटिलतालाई हटाएर निर्माण कार्यलाई तीव्रता दिनुपर्ने सुझाव दिएका थिए । २०८१ साल मंसिर महिनासम्म सम्पन्न हुने भनिएको बहुप्रतिक्षित एशियन हाइ–वे मापदण्डको राष्ट्रिय गौरवको उक्त आयोजनाको हालम्म २१ दशमलव १८ प्रतिशत मात्रे समस्टिगत प्रगति भएको छ भने पूर्वनिधारित कार्यतालिका बमोजिम हालसम्म ठेक्का व्यवस्थापनका कार्यहरु अघि बढ्न सकेको छैन ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here