बिर्तामोड २ मा निशुल्क स्वास्थ्य शिवर सम्पन्न


७ श्रावण २०७९, शनिबार १९:४६ मा प्रकाशित

बिर्तामोड । बिर्तामोड नगरपालिका वडा नम्वर २ र ईलाका प्रहरी कार्यालय अनारमनिको आयोजनामा निशुल्क स्वास्थ्य शिवर सम्पन्न भएको छ ।

वि एण्ड सी हस्पिटल र औषधी व्यवसायी संघ झापाको प्राविधिक सहयोगमा शिविरको आयोजना गरीएको हो । पन्चरत्न माध्यमिक विद्धालय चैतुबारीमा भएको शिविरको नगरप्रमुख पवित्रा महतारा प्रसाईले उद्घाटन गर्नु भयो ।

उद्घाटन कार्यक्रममा नगर उपप्रमुख नगेन्द्र प्रसाद संग्रौला, प्रमुख प्रशासकीय अधिकृत विनोद कुमार न्यौपाने, नेकपा एमाले प्रदेश १ ईन्चार्ज देवराज घिमिरे, वि एण्ड सी हस्पिटलका जनसम्पर्क प्रमुख प्रमिश गिरी, ईलाका प्रहरी कार्यालय अनारमनिका प्रमुख डिएसपी रुगमबहादुर कुवंर लगायतको उपस्थिति रहेको थियो ।

शिविरमा ४ सय ७१ जनाले सेवा लिएको वडाध्यक्ष किशोरकुमार पौडेलले जानकारी दिनुभयो ।

नाक कान घाँटी रोग विशेषज्ञ डा. शिव भुषण पण्डित, महिला रोग विशेषज्ञ डा. सलिना श्रेष्ठ, बाल रोग विशेषज्ञ डा. बिकास शर्मा पौडेल, हार्ड जोर्नी तथा नसा रोग विशेषज्ञ डा. बिसाल काफ्ले र जनरल फिजिशियन डा. अबिन्द प्रसाद शाहले शिबिरमा सेवा प्रदान गर्नुभएको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here