लहान नगरपालिकाका उपमेयर महतो बिरुद्व बलत्कारको आरोप


६ श्रावण २०७९, शुक्रबार १३:२९ मा प्रकाशित

काठमाण्डाै। सिरहाको लहान नगरपालिकाका उपमेयर रामचलितर महतोले बलात्कारको प्रयास गरेको भन्दै उजुरी परेको छ ।

पीडित महिलाले इलाका प्रहरी कार्यालय लहानमा उपमेयर महतो विरुद्ध जबरजस्ती करणी उद्योगसम्बन्धी जाहेरी दर्ता गराएकी इलाका प्रहरी कार्यालय लहानका डीएसपी सुवास बुढाथोकीले जानकारी दिनुभयो ।

उपमेयरले जागिर लगाइदिने भन्दै आफ्नै कार्यकक्षमा लगेर जबरजस्ती करणी गर्न खोजेको उजुरीमा उल्लेख छ ।

अदालतबाट पक्राउ पूर्जी प्राप्त भएकाले उपमेयर महतोलाई पक्राउ गर्ने तयारी भइरहेको इलाका प्रहरी कार्यालय लहानका डीएसपी सुवास बुढाथोकीले जानकारी दिनुभयो ।

 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here