नेपाल र भारतको सम्बन्ध नयाँ उचाइमा पुग्नेमा विश्वस्त रहेको छु – नवनिर्वाचित राष्ट्रपति मुर्मू


६ श्रावण २०७९, शुक्रबार १४:२९ मा प्रकाशित

काठमाडौं । भारतकी नवनिर्वाचित राष्ट्रपति द्रौपदी मुर्मूले नेपाल र भारतको सम्बन्ध नयाँ उचाइमा पुग्नेमा आफू विश्वस्त रहेको बताउनु भएको छ ।
प्रधानमन्त्री शेरबहादुर देउवाले ट्वीटरमार्फत राष्ट्रपति मुर्मूलाई दिनु भएको बधाई सन्देशको प्रतिउत्तरमा उहाँले यस्तो बिश्वास प्रकट गर्नु भएको हो । नेपाल र भारतबिचको उत्कृष्ट मित्रता र महान सम्बन्ध छिट्टै नयाँ उचाइमा पुग्नेमा आफु विश्वस्त रहेको राष्ट्रपति मुर्मूले बताउनु भयो ।

यस्तै राष्ट्रपति विद्यादेवी भण्डारीले पनि मुर्मूलाई बधाई दिनु भएको छ । उहाँले ट्वीटरमा लेख्नु भएको छ ‘मित्रराष्ट्र गणतन्त्र भारतका पन्ध्रौँ राष्ट्रपति निर्वाचित हुनुभएकोमा महामहिम द्रौपदी मुर्मूज्यूलाई म हार्दिक बधाई तथा शुभकामना ज्ञापन गर्न चाहन्छु ।

यहाँको कार्यकालमा हाम्रा दुई देश बिचको सहकार्यले नयाँ उचाई प्राप्त गर्नेमा म पूर्ण विश्वाास व्यक्त गर्दछु ।’
भारतको सत्तारुढ गठबन्धनबाट राष्ट्रपति चुनिएकी मुर्मूले विपक्षी गठबन्धनको समर्थन पाएका यसवन्त सिन्हालाई पराजित गर्नु भएको थियो ।

उहाँले आइतबारदेखि कार्यभार सम्हाल्नु हुने छ । राष्ट्रपति रामनाथ कोविन्दको कार्यकाल आइतबार नै सकिँदै छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here