काठमाडौं । पुरुष साफ च्याम्पियनसिपका लागि १९ वर्षमुनिको नेपाली फुटबल टोली आज भारत जाँदै छ ।
अखिल नेपाल फुटबल संघ ९एन्फा० ले आज बिहान टोलीलाई बिदाइ गरेको छ । टोली दिउँसो ३ बजे भारत प्रस्थान गर्नेछ ।
च्याम्पियनसिपका लागि २३ सदस्य नेपाली टोली घोषणा गरिसकिएको छ । प्रतियोगितामा नेपालको कप्तानी अनुभवी मिडफिल्डर आयुष घलानले गर्नेछन् । च्याम्पियनसिपमा आयोजक भारत, नेपाल, माल्दिभ्स, श्रीलंका र बंगलादेशको सहभागिता रहनेछ । च्याम्पियनसिपको उद्घाटन खेलमा नेपालले जुलाई २५ मा माल्दिभ्सको सामना गर्नेछ ।
नेपालले दोस्रो खेलमा श्रीलंकासँग जुलाई २७ मा खेल्ने तालिका छ । त्यस्तै भारतसँग जुलाई ३१ र अन्तिम खेल बंगलादेशसँग अगस्ट २ मा खेल्नेछ । शीर्ष दुई टोली उपाधिका लागि अगस्ट ५ मा भिड्नेछन् ।





