एन्फा विवाद चाँडै समाधान गर्न राखेपको सुझाव


६ श्रावण २०७९, शुक्रबार १३:०७ मा प्रकाशित

राष्ट्रिय खेलकुद परिषद राखेपले अखिल नेपाल फुटबल संघ एन्फालाई सुझाव दिएको छ ।

भारतमा हुने साफ यु–२० फुटबल खेल्न जाने नेपाली टोलीको विदाइ गर्दै राखेप सदस्य सचिव टंकलाल घिसिङले पंकजविक्रम नेम्वाङको नेतृत्वमा कार्यसमिति बनेको एक महिना पुग्दा नपुग्दै सुरु भएको विवाद जतिसक्दो छिटो सल्ट्याउन सुझाव दिएका हुन् ।

पछिल्लो बैठकमा भएका कमजोरीलाई छिट्टै सल्ट्याउँदै जानुहोस् । विधान अनुसार निर्वाचित भएर आएको नयाँ कार्यसमितिले, एन्फाले गर्नुपर्ने सबै कार्यहरु गर्नुपर्छ । यो हराउनु हुँदैन । यसले गति लिनुपर्छ’, घिसिङले भने

एन्फाको बिहीबार तय भएको दोस्रो कार्यसमिति बैठक कार्यसूचीमै प्रवेश नगरी स्थगित भएको थियो ।

बैठकको सुरुआतमै अध्यक्ष पंकज नेम्वाङले हाजिरी गर्नुपर्ने बताएका थिए । तर, गणेश थापा पक्षका पदाधिकारी र सदस्यहरुले बैठक सकिएपछि मात्रै हाजिर गर्ने अडान लिएपछि अध्यक्षले बैठक स्थगित गरेका थिए ।

बैठक स्थगित भए पनि वरिष्ठ उपाध्यक्ष वीरबहादुर खड्कासहित १२ पदाधिकारीरसदस्यले अन्तर्राष्ट्रिय विभाग प्रमुख नवीन पाँडेलाई बर्खास्त गर्न माग गर्दै एन्फामा निवेदन बुझाएका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here