काठमाडौँ । नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले गठबन्धनलाई कायम राख्दै वाम शक्तिहरूलाई एकताबद्ध गर्ने बताउनुभएको छ ।
बिहीबार काठमाडौंमा निर्वाचित जनप्रतिनिधिहरूलाई अभिमुखीकरण कार्यक्रममा बोल्दै अध्यक्ष नेपालले गठबन्धनलाई कायम राख्दै वाम शक्तिहरूलाई एकता बनाउँदै कम्युनिस्ट आन्दोलनमा जुटेकासँग संवाद गर्दै अगाडि बढ्ने बताउनुभएको हो । उहाँले अहिले आफ्नो पार्टी प्रति आकर्षण बढ्दै गएको जिकिर गर्नुभयो । उहाँले अवको निर्वाचनमा समानुपातिकतर्फ २० लाख मत भन्दा बढि ल्याउने गरि तयारीमा जुट्न कार्यकर्तालाई पनि निर्देशन दिनुभयो ।
उहाँले प्रत्येक प्रदेशमा पार्टी स्कुलको व्यवस्था गर्ने र पार्टीको बिचार र नीतिका बारेमा प्रशिक्षण गर्ने जिकिर गर्नुभयो ।





