गभर्नर महाप्रसाद अधिकारीको राजीनामा माग गर्दै बिद्यार्थी संगठनद्धारा काठमाडौंमा प्रदर्शन


५ श्रावण २०७९, बिहीबार १९:०४ मा प्रकाशित

काठमाडौँ । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीको राजीनामा माग गर्दै सत्तानिकट बिद्यार्थी संगठनहरुले बिहीबार पनि काठमाडौंमा प्रदर्शन गरेका छन् ।

राजनीतिक दलको सदस्य भएका व्यक्ति राज्यको महत्वपूर्ण पदमा बस्न नहुने भन्दै उनीहरुले काठमाडौंको माइतिघरमा कार्टुन प्रदर्शन गरेका हुन् ।

गभर्नर अधिकारीले राजीनामा नदिएसम्म बिभिन्न चरणका आन्दोलन जारी रहने उनीहरुले बताएका छन् । उनीहरुले मुलुकको आर्थिक समस्याको कारक गभर्नर नै भएको भन्दै उनको बहिर्गमन अनिवार्य भएको तर्क गरेका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here