एकाबिहानै भूकम्पको धक्का महसुस


२ श्रावण २०७९, सोमबार ०७:१९ मा प्रकाशित

काठमाडौं । एकाबिहानै बाजुरामा भूकम्पको धक्का महसुस भएको छ।

आज सोमबार बिहान साढे ४ बजे भूकम्पको धक्का महसुस भएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ।

केन्द्रका अनुसार बाजुराको जिउलेख मद्दु भन्ने ठाउँलाई केन्द्रविन्दु बनाएर ४.१ म्याग्नेच्युडको भूकम्प गएको हो।

भूकम्पको धक्का आसपासमा क्षेत्रमा पनि महसुस गरिएको थियो।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here