गएको २४ घण्टामा नेपालमा १ सय ३५ जनामा कोरोना संक्रमण पुष्टि


१ श्रावण २०७९, आईतवार १९:३१ मा प्रकाशित

नेपालमा थप १ सय ३५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । देशभर गरिएको १ हजार ४ सय ७३ पिसिआर परिक्षणका क्रममा १ सय १४ जना र १ हजार ५ सय ६८ एन्टीजेन परिक्षणका २१ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

कोरोनाका कारण थप १ जनाको मृत्यु भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । हालसम्म नेपालमा कोरोनाका कारण ११ हजार ९ सय ५३ जनाले ज्यान गुमाइसकेका छन् । त्यस्तै थप ५९ संक्रमित निको हुँदा हालसम्म नेपालमा ९ लाख ६८ हजार १६ जना निको भएका छन् । हाल नेपालमा १ हजार ४ सय ३९ सक्रिय संक्रमित आइशोलशेनमा रहेको मन्त्रालयले जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here