भृकुटिमण्डपमा भएको आगलागीको छानविन गरीने गृहमन्त्री खाँणको भनाई


१ श्रावण २०७९, आईतवार १९:२१ मा प्रकाशित

गृहमन्त्री बालकृष्ण खाँणले भृकुटिमण्डपमा भएको आगलागीको कारणबारे छानविन हुने बताउनुभएको छ । त्यस्तै उहाले आगलागीबाट अपाङ्ग कोषको सामान जलेर नष्ट भएको भन्दै सरकारले सहयोग गर्ने बताउनुभएको हो ।

आइतबार आगलागी भएको स्थानको निरिक्षण गर्दै गृहमन्त्री खाँणले राष्ट्रिय बिपद् न्युनिकरण तथा व्यवस्थापन प्राधिकरणमार्फत अपाङ्ग कोषलाई आवश्यक सामाग्री हस्तान्तरण गर्ने बताउनुभयो ।

आगलागीका कारण कोषको पुस्तकहरु र समाजकल्याण परिषद्का सामाग्रीहरु नष्ट भएको उहाँको भनाई छ । उहाँले कसरी आगो लाग्यो भन्ने थप छानविन हुने जिकिर गर्नुभयो । निरिक्षणका क्रममा उहाले परिषद् र कोषका पदाधिकारीसंग छलफल गर्नुभएको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here