चिकित्सक संघले स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थाको सुरक्षा सम्बन्धी ऐनको गर्यो स्वागत


३० असार २०७९, बिहीबार १६:५९ मा प्रकाशित

काठमाडौँ । नेपाल चिकित्सक संघले स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थाको सुरक्षा सम्बन्धी ऐनको स्वागत गरेको छ ।

संघले बिहीबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै संसदबाट पारित स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थाको सुरक्षा सम्बन्धी पहिलो संशोधन ऐनले चिकित्सक, स्वास्थ्यकर्मीको सुरक्षाको व्यवस्था गरेको भन्दै स्वागत गरेको हो । संघले ऐन पारित भएसंगै नेपालको चिकित्सा शिक्षा र स्वास्थ्य सेवालाई विधि र विधान बमोजिम कानून सम्वत तवरबाट संचालन गर्न सरकारसंग आग्रह गरेको छ ।

पत्रकार सम्मेलनमा संघका अध्यक्ष डा. लोचन कार्कीले ऐन निर्माणमा संघले दिएको सुझावलाई सरकारले मनन गर्नु सकारात्मक बिषय भएको बताउनुभयो । उहाँले ऐन पास गर्न पहल गर्ने सम्पूर्णप्रति आभार व्यक्त गर्नुभयो ।

पत्रकार सम्मेलनमा संघका पूर्वपदाधिकारहरुले सरकारले ल्याएको नयाँ ऐनको कार्यान्वयन हुने विश्वास व्यक्त गरेका थिए । संघले नेपालका चिकित्सकहरुको सुरक्षा र स्वास्थ्य संस्था तथा अस्पतालहरुमा शान्ति सुरक्षा कायम राख्नका लागि अनेकौं प्रयासहरु जारी राखेको जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here