सरकारद्धारा समाज कल्याण परिषद्को गोदाममा भएको आगलागीको छानविन गरिने


३० असार २०७९, बिहीबार १५:३६ मा प्रकाशित

काठमाडौँ । सरकारले भृकुटीमण्डपस्थित समाज कल्याण परिषद्को गोदाममा भएको आगलागीको छानविन गर्ने भएको छ ।

बिहीबार आगलागी भएको स्थानको निरिक्षण गर्दै महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री उमा रेग्मीले आगलागीको कारण पत्ता लगाउन छानविन समिति गठन गर्ने बताउनुभएको हो ।

उहाँले गोदाममा बिद्युतको प्रवाह नै नरहेको अवस्थामा नियोजित तवरले आगो लगाइएको हुनसक्ने आशंका व्यक्त गर्नुभयो । आगलागीबाट करौडौको क्षति भएको र आवश्यक कागजपत्र लगाएतका सामाग्री नष्ट भएको बताउनुभयो । आगलागीको घटनामा संलग्नलाई कारवाही गर्ने उहाँले बताउनुभयो ।

बुधबार भएको आगलागीका कारण उक्त गोदाम पूर्णरुपमा जलेर नष्ट भएको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here