नारायणकाजी श्रेष्ठद्धारा बैंकका गभर्नर महाप्रसाद अधिकारीको तत्काल राजीनामा माग


३० असार २०७९, बिहीबार १५:०८ मा प्रकाशित

काठमाडौँ । राष्ट्रियसभाका सांसद नारायणकाजी श्रेष्ठले राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले तत्काल राजीनामा दिनुपर्ने बताउनुभएको छ ।

राष्ट्रियसभाको बिहीबारको बैठकको विशेष समयमा बोल्दै उहाँले नेकपा (एमाले)को अर्थ तथा योजना विभागका सदस्य एम अधिकारी भनेर उल्लेख भएको र त्यो उहाँको संक्षिप्त नाम हो भन्ने रहेको उल्लेख गर्नुभयो ।

२०७३ मा उक्त विभागमा महाप्रसाद अधिकारीको नाममा रहेको र अहिले एम अधिकारीको नाममा रुपान्तरित भएर अर्थ तथा योजनाविद् भनेर राखिएको उहाँको दाबी छ । उहाँले यस बिषयमा एमालेले विश्वसनीय ढङ्गले खण्डन नगरेको भन्दै गर्न सक्ने स्थिति पनि होला की नहोला भन्ने प्रश्न गम्भीर रहेको बताउनुभयो ।

त्यस्तै उहाँले अघिल्लो सरकारले बिरोध गरेको संवैधानिक परिषदसम्बन्धीको विधेयक अघि बढाउन नहुने जिकिर गर्नुभयो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here