श्रीलंकाका राष्ट्रपतिले छाडे माल्दिभ्स, सिंगापुरबाट साउदी जाने


३० असार २०७९, बिहीबार १५:३० मा प्रकाशित

श्रीलंकाका राष्ट्रपति गोटवाया राजपक्षेले माल्दिभ्स छाडेका छन्। उनी साउदी एअरलाइन्यको विशेष उडानबाट सिंगापुरतर्फ लागेका छन्।

श्रीलंकमा चरम आर्थिक संकट निम्तिएपछि प्रदर्शनकारीले शनिवार राष्ट्रपति निवास कब्जामा लिएको थियो। त्यसपछि बेपत्ता राजपक्षे मंगलवार मध्यराति सेनाको विशेष विमानबाट माल्दिभ्सको राजधानी माले पुगेका थिए।

राजपक्षले बुधवार राजीनामा दिने बताए पनि अहिलेसम्म राजीनामा दिएका छैनन्। अहिले प्रधानमन्त्री रानिल बिक्रमासिंघेले कार्यवाहक राष्ट्रपतिको जिम्मेवारी सम्हालेका छन्।

सिंगापुर पुगेर राजीनामा दिने भनिए पनि उनी त्यहाँबाट साउदीतिर लाग्ने बताइएको छ। श्रीलंकाको समाचार एजेन्सी

एडाड‍ेरानाले राजपक्षे सिंगापुर हुँदै साउदीको जेदाह पुग्ने कार्यतालिका रहेको माल्दिभ्सका सरकारी अधिकारीलाई उद्धृत गर्दै जनाएको छ।

राजपक्षेका साथमा उनकी श्रीमती लोमा राजपक्षे र दुई सुरक्षाकर्मी रहेका छन्। विमानसम्म उनलाई माल्दिभ्स सरकारको विशेष सुरक्षा दस्ताले स्कर्टिङ गरिएको थियो।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here