उपसभामुखमा एमालेबाट विद्या भट्टराईको उम्मेदवारी दर्ता


३० असार २०७९, बिहीबार १३:३७ मा प्रकाशित

काठमाडौँ । प्रतिनिधि सभाको उपसभामुखमा प्रमुख प्रतिपक्षी नेकपा एमालेको तर्फबाट विद्या भट्टराईले उम्मेदवारी दर्ता गराउनुभएको छ ।

एमाले सचेतक शान्ता चौधरीको प्रस्ताव र सांसद कृष्णभक्त पोखरेलको समर्थनमा भट्टराईले उम्मेदवारी दर्ता गराउनुभएको हो ।

यसअघि गठबन्धनको तर्फबाट कांग्रेसकी पुष्पा भुसालले उम्मेदवारी दर्ता गराउनुभएको छ । उम्मेदवारको सूची केहीबेरमा प्रकाशन गर्ने कार्यसूची रहेको छ । भोलि मतदान हुनेछ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here