काठमाडौँ । नेपाल राष्ट्र बैंकले बिहीबारको विनिमय दर सार्वजनिक गरेको छ । अमेरिकी डलरको विनिमय दर दिनहुँ बढ्दो छ । आज डलरको भाउ हालसम्मकै उच्च दर कामय गरिएको छ ।
बिहीबार डलर एकको खरिदमा १२७ रुपैयाँ १२ पैसा पाइन्छ भने बिक्रीदर १२७ रुपैयाँ ७२ पैसा तोकिएको छ । यसभन्दा अघि अघिल्लो दिन मात्रै डलरको विनिमय दर हालसम्मको उच्च थियो । सो दिन डलर एकको खरिददर १२७ रुपैयाँ ६ पैसा र बिक्रीदर १२७ रुपैयाँ ६६ पैसा कायम गरिएको थियो । आज युरोपियन युरो एकको खरिदमा भने १२७ रुपैयाँ ९० पैसा र बिक्रीमा १२८ रुपैयाँ ५० पैसा पाइन्छ । त्यसैगरी, अष्ट्रेलियन डलर एकको खरिदमा ८६ रुपैयाँ ३१ पैसा र बिक्रीमा ८६ रुपैयाँ ७२ पैसा तोकिएको छ । क्यानेडियन डलर एकको खरिदमा भने ९७ रुपैयाँ ७४ पैसा र बिक्रीमा ९८ रुपैयाँ २० पैसा पाइन्छ ।
आज कतारी रियाल एकको खरिदमा ३४ रुपैयाँ ६४ पैसा र बिक्रीमा ३४ रुपैयाँ ८० पैसा पाइन्छ । राष्ट्र बैंकले साउदी अरेबियन रियाल एकको खरिददर आज ३३ रुपैयाँ ८७ पैसा र बिक्रीदर ३४ रुपैयाँ ३ पैसा तोकेको छ । युएई दिराम एकको खरिदमा ३४ रुपैयाँ ६१ पैसा र बिक्रीमा ३४ रुपैयाँ ७७ पैसा पाइन्छ । मलेसियन रिंगिट एकको खरिदमा बिहीबार २८ रुपैयाँ ६५ पैसा र बिक्रीमा २८ रुपैयाँ ७९ पैसा पाइन्छ ।
बिहीबार कुवेती दिनार एकको खरिदमा ४१२ रुपैयाँ ८६ पैसा र बिक्रीमा ४१४ रुपैयाँ ८१ पैसा पाइन्छ । यो हालसम्मकै उच्च विनिमय दर हो । यसभन्दा अघि गत जुलाई ६ मा कुवेती दिनारको विनिमय दर उच्च थियो । सो दिन दिनार एकको खरिदमा ४१२ रुपैयाँ ४८ पैसा र बिक्रीमा ४१४ रुपैयाँ ८१ पैसा तोकिएको थियो ।
आज बहराइन दिनार एकको खरिददर ३३७ रुपैयाँ २१ पैसा र बिक्रीदर ३३८ रुपैयाँ ८० पैसा तोकिएको छ । यो पनि हालसम्मकै उच्च दर हो । यसभन्दा अघि अघिल्लो दिन दिनारको उच्च विनिमय दर कायम गरिएको थियो । सो दिन दिनार एकको खरिदमा ३३७ रुपैयाँ ५ पैसा र बिक्रीमा ३३८ रुपैयाँ ६८ पैसा पाइन्थ्यो ।





