नेपालमा चुनावको चर्चा चलिरहँदा नेताहरूको भारत भ्रमण बाक्लियो, भोलि प्रचण्ड भारत जाँदै


३० असार २०७९, बिहीबार १०:३८ मा प्रकाशित

काठमाडौं । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड भारत भ्रमणमा जाने हुनुभएको छ ।

सत्तारुढ दल भारतीय जनता पार्टी (भाजपा) को निम्तोमा प्रचण्ड भोलि दिल्ली जान लाग्नुभएको उहाँको सचिवालयले जनाएको छ ।

उहाँको सचिवालयका अनुसार प्रचण्ड भाजपाले आयोजना गरेको शिखर सम्मेलनमा सहभागी हुनु हुनेछ । अन्य कार्यक्रमबारे भने सचिवालयले जानकारी दिएको छैन ।

तर, भ्रमणका क्रममा उनले उच्चस्तरीय भेटवार्ता गर्ने बताइएको छ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी लगायतका नेताहरूसँग भेट गर्ने संभावना रहेको बताइएको छ ।

अहिले सत्तारुढ दल नेपाली कांग्रेसकी केन्द्रीय सदस्य आरजु राणा पनि भारत भ्रमणमै रहनु भएको छ । नेपालमा प्रदेशसभा तथा प्रतिनिधि सभाको निर्वाचनको चर्चा चलिरहँदा नेताहरूको भारत भ्रमण बाक्लिन थालेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here