नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक आज पनि बस्दै, बैठक आजै सक्ने तयारी


३० असार २०७९, बिहीबार १०:३३ मा प्रकाशित

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक आज पनि बस्दैछ । केन्द्रीय समितिको बैठक दिउँसो १ बजे केन्द्रीय कार्यालय सानेपामा बस्न लागेको हो ।

सोमबारदेखि शुरू भएको बैठकलाई आजै सक्ने कांग्रेसको तयारी छ । आजको बैठकमा कांग्रेसको तर्फबाट सरकारमा सहभागी मन्त्रीहरुले आज जवाफ दिने भएका छन् ।

जारी केन्द्रीय कार्यसमितिको बैठकमा सरकारको आलोचना भएपछि बिहीबारको बैठकमा कांग्रेसको तर्फबाट सरकारमा सहभागी मन्त्रीहरुले जवाफ दिने कार्यक्रम राखिएको हो ।

सरकारको काम कारबाहीका बारेमा केन्द्रीय सदस्यहरुले प्रश्न उठाएपछि मन्त्रीहरूले जवाफ दिने कार्यक्रम राखिएको प्रवक्ता प्रकाशशरण महतले बताउनु भयो । बुधबारको बैठकमा केही केन्द्रीय सदस्यहरुले सरकारको चर्को आलोचना गरेका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here