धादिङ । गुण्डा नाइके राधे भण्डारी हतियारसहित पक्राउ परेका छन् ।
प्रहरीको खोजी सुचीमा रहेका भण्डारी धादिङको गजुरी गाउँपालिका २ मलेखुबाट बुधबार साँझ पक्राउ परेको प्रदेश ३ प्रहरी प्रमुख दीपक थापाले जानकारी दिनु भयो ।
ताल्तीतर्फ जाने बाटोमा स्थानीयबासीलाई हतियार देखाउँदै धम्क्याएको सूचनाको आधारमा पुगेको प्रहरीमाथि राधेले आक्रमण गरेको र उनलाई हतियारसहित पक्राउ गरिएको धादिङ प्रहरी स्रोतले जनाएको छ । प्रहरीका अनुसार भण्डारीको आक्रमणबाट प्रहरीको गाडीमा समेत क्षति पुगेको छ ।
नेपाली कांग्रेस निकट तरुण दलको जिल्ला उपाध्यक्षसमेत रहेका भण्डारी गुण्डागर्दीमा संलग्न रहेका छन् ।





