केपी ओली र चिनियाँ कम्युनिष्ट पार्टीका विदेश विभाग प्रमुखबीच भेटवार्ता


२८ असार २०७९, मंगलवार १५:२४ मा प्रकाशित

काठमाडौँ । नेपाल भ्रमणमा रहनुभएका चिनियाँ कम्युनिष्ट पार्टीका विदेश विभाग प्रमुख लिउ जियनचाओले नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीसँग भेटवार्ता गर्नुभएको छ ।

मंगलबार भक्तपुरको बालकोटमा भएको भेटवार्ताका क्रममा दुई पक्षिय सम्बन्धका बारेमा चर्चा भएको थियो । लिउ जियनचाओले नेपाल चीनको अत्यन्त नजिकको मित्र राष्ट्र भएको र नेपालको बिकासको साझेदार रहेको भन्दै यसलाई निरन्तरता दिन चाहेको बताएको एमाले नेता डा राजन भट्टराईले जानकारी दिनुभयो ।

एमाले अध्यक्ष ओलीले आफूहरु एक चीन नीतिप्रति प्रतिबद्ध बताउनुभएको थियो । नेपालबाट चीन विरोधी कुनै पनि गतिविधि नहुने समेत ओलीले बताउनुभएको भट्टराईले बताउनुभयो ।

नेपालले आफ्नो नीति र निर्णय स्वतन्त्र रुपमा गर्ने र चीनले पनि स्वतन्त्र रुपमा आफ्नो नीति बनाउने भएकाले यसअघि जस्तो सम्बन्ध थियो, त्यही रुपमा नै अघि बढ्ने बिषयमा सघन कुराकानी भएको भट्टराईले जानकारी दिनुभयो ।

नेता लिउ चार दिने भ्रमणका लागि आइतबार नेपाल आउनुभएको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here