गठबन्धनबीच बिभिन्न बिषयमा भएको सहमति कार्यान्वयनका लागि पार्टीको ध्यानाकर्षण


२४ असार २०७९, शुक्रबार १९:१२ मा प्रकाशित

काठमाडौँ । नेपाली कांग्रेस बागमती प्रदेशले गठबन्धनबीच बिभिन्न बिषयमा भएको सहमति कार्यान्वयनका लागि पार्टीको ध्यानाकर्षण गराउने भएको छ ।

पार्टी कार्यालय सानेपामा बसेको बैठकले स्थानीय तहको निर्वाचनको समिक्षा गर्दै गठबन्धनबीच भएको सहमति कार्यान्वयनका लागि पार्टीको केन्द्रीय समिति बैठकलाई जानकारी गराउने सभापति इन्द्र बानियाँले जानकारी दिनुभयो ।

त्यस्तै आगामी निर्वाचनमा गठबन्धनबीच तालमेल गर्दा खुलस्त छलफल हुनुपर्ने बागमती प्रदेशले जनाएको छ । सभापति बानियाले गठबन्धनको पूर्वसहमतिअनुसार बागमती प्रदेशमा चुनावी सरकारको नेतृत्व कांग्रेसले गर्ने बिषय कार्यान्वयन हुनुपर्ने बताउनुभयो । समाजवादीले गठबन्धनलाई निरन्तरता दिने हो भने सहमति अनुसार बागमती प्रदेशको नेतृत्व कांग्रेसलाई दिनुपर्ने उहाँको भनाई छ ।

उहाँले नेकपा एकीकृत समाजवादीले सहमति कार्यान्वयन नभए कांग्रेस बागमती प्रदेशले समाजवादीसंग सहकार्य गर्न बाध्य नहुने स्पष्ट पार्नुभयो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here