नेपालमा थप ९८ जनामा कोरोना संक्रमण पुष्टि


२४ असार २०७९, शुक्रबार १८:२१ मा प्रकाशित

काठमाडौँ । नेपालमा थप ९८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

देशभर गरिएको १ हजार ६१ पिसिआर परिक्षणका क्रममा ८३ जना र १ हजार ९३ एन्टीजेन परिक्षणका क्रममा १५ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । कोरोनाका कारण शुक्रबार पनि कसैको मृत्यु नभएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

त्यस्तै थप २७ संक्रमित निको हुँदा हालसम्म नेपालमा ९ लाख ६७ हजार ६ सय २५ जना निको भएका छन् । हाल नेपालमा ५ सय ६४ सक्रिय संक्रमित आइशोलशेनमा रहेको मन्त्रालयले जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here