प्रदेश नं. १ को पहिचान विरोधी नामाङ्करण गरिए दीर्घकालिन आन्दोलनमा जाने चेतावनी


२४ असार २०७९, शुक्रबार १९:२१ मा प्रकाशित

काठमाडौँ । लिम्बुवान् किराँत संयुक्त संघर्ष समितिले प्रदेश नं. १ को पहिचान विरोधी नामाङ्करण गरिए दीर्घकालिन आन्दोलनमा जाने चेतावनी दिएको छ ।

शुक्रबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै समितिले प्रदेश १ मा शासक जातीय साम्प्रदायिक नाम राख्ने षडयन्त्र आभास भएको भन्दै पहिचान विरोधी नामाङ्करण गरिए दीर्घकालिन आन्दोलनमा जाने चेतावनी दिएको हो ।

समितिले प्रदेश नं. १ लाई प्रदेश सभाबाट साझा संयुक्त पहिचानको आधारमा लिम्बुवान, किरात प्रदेश नामाङकरण हुनुपर्ने जनाएको छ । कोशी, सगरमाथाजस्ता पहिचानविरोधी प्रदेशका नाम राखिए हामी दीर्घकालीनरूपमा आन्दोलनमा होमिन बाध्य हुने र यसले नेपाली जनताले दिगो शान्ति र अमनचयनमा समेत असर पार्ने समेत समितिले जनाएको छ ।

प्रदेश १ को भौगोलिक अवस्था, सामाजिक, सास्कृतिक, ऐतिहासिक पृष्ठभूमि एवं पहिचानको आधारमा प्रदेशनको नामाङ्करण हुनुपर्ने समितिको भनाई छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here