वर्तमान सरकारलाई अव स्वीकार गर्न सकिँदैन : केपी


२४ असार २०७९, शुक्रबार १६:४८ मा प्रकाशित

काठमाडौँ । प्रमुख प्रतिपक्षी नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले वर्तमान सरकारलाई अव स्वीकार गर्न नसकिने बताउनुभएको छ ।

छविलाल कार्कीको स्मृतिमा १२ औं स्मृतिका अवसरमा शुक्रबार काठमाडौंमा आयोजित कार्यक्रममा ओलीले देशको साँचो लिएर सरकार लुट्ने काममा लागेको र चूनावमा धाधली गर्ने काम गरेको भन्दै वर्तमान सरकार स्वीकार्य हुन नसक्ने बताउनुभएको हो । ओलीले वर्तमान गठबन्धन सरकार बनेपछि एउटा पनि राम्रो काम गरेको उदाहरण नभएको उल्लेख गर्दै सरकार अविलम्ब हट्नुपर्ने उल्लेख गर्नुभयो । वर्तमान सरकार नराम्रा कामको थुप्रो भएको उहाको भनाई छ ।

त्यस्तै ओलीले सरकारले बस्ने मान्छेले नराम्रा काम गरेपनि उनीहरुलाई पदबाट हटाउने आँट प्रधानमन्त्रीमा नभएको बताउनुभयो । अर्थमन्त्री जनार्दन शर्माले आफैं राजीनामा नदिएको भए प्रधानमन्त्रीले हटाउनै नसक्ने उहाले ठोकुवा गर्नुभयो । ओलीले हतियार उठाउन परेको कारण अहिलेसम्म माओवादीले दिन नसकेको बताउनुभयो । उहाँले माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले क्रान्तिको सपना देखाएर प्रचण्डपथका नाममा आफ्नो स्वार्थ सेकेको आरोप लगाउनुभयो ।

ओलीले जनआन्दोलन अन्तिम दिन बैशाख ११ मा पूर्व राजा ज्ञानेन्द्र शाहले गरेको सम्वोधनको ड्राफ्ट आफूले तयार गरेको दावी समेत गर्नुभयो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here