काठमाडौँ । नेकपा एकीकृत समाजवादी पार्टीले प्रतिनिधिसभाको प्रमुख सचेतकमा सरला यादवलाई मनोनयन गरेको छ ।
शुक्रबार काठमाडौंमा बसेको समाजवादीको सचिवालय बैठकले प्रतिनिधि सभाको प्रमुख सचेतकमा यादवलाई मनोनयन गर्ने निर्णय गरेको प्रचार विभाग प्रमुख जगन्नाथ खतिवडाले जानकारी दिनुभयो । त्यस्तै बैठकले पार्टीको सुदूरपश्चिम प्रदेश कमिटीको अध्यक्षको जिम्मेवारी हर्कबहादुर सिंहलाई प्रदान गरेको उहाँले जानकारी दिनुभयो ।
बैठकमा पार्टीका आन्तरिक संगठन बिस्तार लगाएतका बिषयमा छलफल भएको खतिवडाले जानकारी दिनुभयो ।





