विश्वबिद्यालयलाई आधुनिक सुविधा सम्पन्न शैक्षिक संस्थाका रूपमा विकास गर्दै लैजाने


२४ असार २०७९, शुक्रबार १६:३० मा प्रकाशित

काठमाडौँ । प्रधानमन्त्री शेरबहादुर देउवाले त्रिभुवन विश्वबिद्यालयलाई आधुनिक सुविधा सम्पन्न शैक्षिक संस्थाका रूपमा विकास गर्दै लैजाने बताउनुभएको छ ।

त्रिभवन विश्वविद्यालयको ६३ औं वार्षिक दिवसको अवसरमा प्रधानमन्त्री तथा विश्वविद्यालयका कुलपति एवम् त्रिभुवन विश्वविद्यालय सभाका अध्यक्ष देउवाले आगामी वर्षको बजेट तथा कार्यक्रमले विश्वविद्यालयको प्राज्ञिक स्तरलाई उकास्न तथा विभिन्न भौतिक सुधारमार्फत विश्वविद्यालयलाई आधुनिक सुविधा सम्पन्न शैक्षिक संस्थाका रूपमा विकास गर्दै लैजाने बताउनुभएको हो ।

समाजका सबै वर्ग र समुदायले सहज र सुलभ रूपमा उच्चशिक्षा प्राप्त गरी समाजका लागि उपयोग गर्नसक्ने वातावरण निर्माण गर्नु राष्ट्रिय दायित्व र्भको उहाँको भनाई छ । अन्तर्राष्ट्रिय बजारमा प्रतिस्पर्धा गर्न सक्ने गुणस्तरीय जनशक्ति उत्पादन गर्ने गरी यसका प्राज्ञिक कार्यक्रमलाई थप सुधार र परिमार्जन गर्दै अघि बढ्नु आवश्यक रहेको उहाले बताउनुभयो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here