बिराटनगर । १ नम्बर प्रदेश प्रहरी कार्यालय बिराटनगरको प्रमुखको रुपमा प्रहरी नायव महानिरीक्षक सुदिप गिरी हाजिर हुनु भएको छ।
उहाँले बिहीबार कार्यालयको पदभार ग्रहण गर्नु भएको हो।
नेपाल सरकार गृह मन्त्रालय (मन्त्रीस्तरीय) को यही असार १९ गतेको निर्णयानुसार प्रहरी बरिष्ठ उपरीक्षक पदबाट प्रहरी नायव महानिरीक्षक पदमा बढुवा भइ प्रहरी नायव महानिरीक्षक हुनु भएका सुदिप गिरीले बिहीबार कार्यभार सम्हाल्नु भएको हो ।
बिशेष गरेर अपराध अनुसन्धान र अन्तर्राष्ट्रिय आतंकवाद नियन्त्रण सम्बन्धी राम्रो ज्ञान भएका उहाँले अपराध अनुसन्धानको क्षेत्रमा बिभिन्न चर्चित अपराधका घटनाहरुमा अनुसन्धानको नेतृत्व गर्नु भइ सफलता हसिल गर्नु भएको छ ।





