नागरिकता विधेयक फिर्ता लिएर सरकारले नागरिकको हक खोस्ने काम गरेको एमालेको टिप्पणी


२३ असार २०७९, बिहीबार १८:५३ मा प्रकाशित

काठमाडौँ । प्रमुख प्रतिपक्षी नेकपा एमालेले नागरिकता विधेयक फिर्ता लिएर सरकारले नागरिकको हक खोस्ने काम गरेको टिप्पणी गरेको छ ।

बिहीबार संसद भवन नयाँ बानेश्वरमा सञ्चारकर्मीसंग कुरा गर्दै एमाले प्रमुख सचेतक बिशाल भट्टराईले दुई बर्ष छलफल भएर सहमति नजिक पुगेको उक्त बिधेयक फिर्ता लिने निर्णयले आश्चर्यचकित भएको भन्दै सरकारले नागरिकको सामान्य हक खोस्ने काम गरेको बताउनुभएको हो । उहाँले सरकारले ल्याउने भनेको अर्को बिधेयक नहेरि एमालेले आखा चिम्लेर समर्थन गर्न नसक्ने जिकिर गर्नुभयो । भट्टराईले छिटो भन्दा छिटो ऐन पास गरेर नागरिकताबिहिनलाई नागरिकता दिनुपर्ने उल्लेख गर्नुभयो ।

उहाँले बिनाकारण उक्त बिधेयक फिर्ता लिने काम उचित नभएको तर्क गर्नुभयो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here