समाजिक अभियन्ता डिल्लीकुमार गरुङद्वारा अनारमनी आधारभूत विद्यालयका बिद्यार्थीलाई ब्याग वितरण


२३ असार २०७९, बिहीबार १८:४७ मा प्रकाशित

 भरत प्रसाई । बिर्तामोड नगरपालिका वडा नम्वर ६ मा रहेको अनारमनी आधारभूत विद्यालयमा समाजिक अभियन्ता डिल्लीकुमार गरुङले विद्यार्थीहरुलाई ब्याग वितरण गर्नुभएको छ ।

कक्षा १ देखि ८ सम्मका २ सय ५ जना विद्यार्थीलाई गुरुङले आफनो जन्मदिनको पावन अवसर पारेर ब्याग वितरण गर्नु भएको हो । झापाभित्र रहेका १६ सरकारी विद्यालयमध्ये सवै भन्दा सुरुमा स्थापना भएको अनारमनी आधारभूत विद्यालय सुगम स्थानमा भएर पनि ओझेलमा परेको छ ।

विद्यालयलाई आवश्यक पर्ने कापी, कलम, पोशाक बेला बेलामा सहयोगी दाताले प्रदान गर्दै आएका छन् । विद्यालय ब्यवस्थापन समितिका अध्यक्ष मदन रसाइलीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा बिर्तामोड नगरपालिकाकी मेयर पवित्रा महतारा प्रसाईंको प्रमुख आतिथ्यता रहेको थियो ।  सुगम स्थानमा रहेको बिद्यालय भएर पनि दुर्गम स्थानमा रहेको विद्यालय जस्तो ओझेलमा परेको बेला बिद्यालयको भौतिक संरचनाको गुणस्तर र बृद्धि बिकासमा विद्यालयका प्रधानाध्यापक टंक कटुवालले खेलेको भूमिकालाई बिर्तामोड नगरपालिकाकी प्रमुख प्रसाईले प्रशंसा गर्नुभयो ।

कार्यक्रममा बोल्दै उहाँले अघिल्लो कार्यकालमा पनि स्थानीय सरकारको तर्फबाट विद्यालयको प्राविधिक तथा भौतिक क्षेत्रमा काम गरेको तर बजेट अभावले अपेक्षाकृत सफलता हासिल गर्न नसकिएको बताउनु भयो ।

बिर्तामोड नगरपालिकाका शिक्षा शाखाका प्रमुख तिलचन भण्डारीले अति विपन्न परिवारका विद्यार्थीहरु पढ्ने विद्यालय लाई छनोटगरी आवश्यक पर्ने आधारभूत बस्तु जुटाई दिएकोमा अभियन्ता डिल्लीकुमार गरुङको प्रशंसा गर्दै, नागरीक समुदाय र स्थानीय सरकार एक भएर गुणस्तर शिक्षाको अभियानमा जुट्नु पर्ने बताउनु भयो ।

कार्यक्रममा एमाले बिर्तामोड नगर कमिटीका अध्यक्ष सुवास भटट्राई, वडा नम्बर ४ का वडा अध्यक्ष राहुल शर्मा, दाता टिकाराम गुरुङ, विद्यालय ब्यवस्थापन समितिका सचिव तथा विद्यालयका प्रधानाध्यापक टंक कटुवाल लगायतको उपस्थिति रहेको थियो । गरीव सुकुम्वासी वस्तीमा बसोवास गर्ने विद्यार्थीलाई भनेर विभिन्न समयमा आउने अनुदान आफनो विद्यालयसम्म आई नपुगेको प्रधानाध्यापक कटुवालको दुखेसो छ ।

फर्निचरको अभाव, विद्यालयको मैदान ब्यवस्थापन र विद्यालय आउने बाटोको ब्यवस्थापनमा नगरपालिकाले विशेष भूमिका खेलिदिन बिर्तामोड नगरपालिकाकी मेयर पवित्रा महतारा प्रसाईसंग उहाँले आग्रह गर्नु भएको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here