बर्तमान सरकार भ्रष्टाचारमा डुव्यो


१९ जेष्ठ २०७६, आईतवार १२:२८ मा प्रकाशित

बुटवल ।  नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले वर्तमान सरकार भ्रष्टाचारमा डुबेको आरोप लगाउनु भएको छ ।

भैरहवामा आज सञ्चारमकर्मीहरुसँग कुरा गर्दै देउवाले वाइडबडी विमान खरिद,बुढिगण्डकी जलविद्युत आयोजना,बालुवाटार जग्गाकाण्डमा चरम भ्रष्टचार भएको दावी गर्नु भयो ।

विदेशी सहयोग र अनुदानबाट आउने रकम पार्टीका कार्यकर्ता पोस्ने खालका कार्यक्रम वजेटमा आउनु पनि भ्रष्टाचार नै भएको देउवाको आरोप छ ।
सरकारबाट हुने भ्रष्टाचार र गलत काम बाहिर आउन नदिन मिडिया काउन्सिल बिधेयक ल्याइएको दावी गर्दै देउवाले स्वतन्त्र प्रेस र स्वतन्त्र न्यायपालिकामाथि हस्तक्षेप कांग्रेसलाई सह्य नहुने बताउनु भयो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here