सिसिटिभिको फुजेट नराख्नेमाथि तत्काल प्रधानमन्त्रीले एक्सन लिनपर्छ : गगन थापा


२० असार २०७९, सोमबार १८:३४ मा प्रकाशित

काठमाडौँ । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले अर्थमन्त्रालयको सिसिटिभिको फुजेट नराख्नेमाथि तत्काल प्रधानमन्त्रीले एक्सन लिनुपर्ने बताउनुभएको छ ।

सोमबार संसद भवनमा सञ्चारकर्मीसंग कुरा गर्दै थापाले करको दायरामाथि हेरफेर गर्दा अनाधिकृत व्यक्तिलाई प्रवेश गराइएको बिषयमा गम्भीर चर्चा हुँदा पनि सिसिटिभिको फुजेट १३ दिनको मात्रै रहने अर्थमन्त्रालयको जवाफमाथि प्रधानमन्त्री तत्काल एक्सनमा जानुपर्ने बताउनुभएको हो ।

उहाले करको दायरा हेरफेरको बिषय उठेपछि अर्थमन्त्रीले तत्काल राजीनामा दिनुपर्ने वा प्रधानमन्त्रीले अर्थमन्त्रीलाई हटाएर छानविन गर्नुपर्ने धारणा राख्नुभयो । संसदले पारित गरेको बजटेको करको बिषय सामान्य कुरा नभएको भन्दै उहाले यसलाई छानविनबाटै निष्कर्षमा पुराउनुपर्ने जिकिर गर्नुभयो ।

उहाँले तीन महिनाको सिसिटिभिको फुजेट राख्नुपर्नेमा १३ दिनको मात्रै रहने अर्थमन्त्रालयको भनाइले अनेक प्रश्न उठ्न थालेको बताउनुभयो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here