काठमाडौँ । कानुन, न्याय तथा संसदीय मामिलामन्त्री गोविन्द्रप्रसाद शर्मा कोइरालाले प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरामाथि लगाएको महाअभियोग प्रस्तावमाथि छिटै संसदमा छलफल हुने बताउनुभएको छ ।
सोमबार संसद भवनमा सञ्चारकर्मीसंग कुरा गर्दै उहाँले महाअभियोगलाई छिटै संसदमा छलफल चलाईने बताउनुभएको हो । उहाँले यस बिषयमा कार्यव्यवस्था परामर्श समितिमा छलफल भइरहेको र संसदको चालू अधिवेशनमा नै छलफल हुने जिकिर गर्नुभयो ।
प्रधानन्यायाधीश जबरामाथिको सत्तारुढ गठबन्धनका सांसदहरुले महाअभियोग प्रस्ताव दर्ता गरेका थिए । तर त्यसको थप प्रक्रिया भने अघि बढ्न सकेको छैन । महाअभियोग प्रस्ताव दर्ता भएसंगै जबरा निलम्वनमा हुनुहुन्छ ।





