नेपालमा थप ४० जनामा कोरोना संक्रमण पुष्टि


२० असार २०७९, सोमबार १८:०० मा प्रकाशित

काठमाडौँ । नेपालमा थप ४० जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

देशभर गरिएको १ हजार ८ सय ४७ पिसिआर परिक्षणका क्रममा ३४ जना र १ हजार १ सय ६३ एन्टीजेन परिक्षणका क्रममा ६ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । सोमबार पनि कोरोनाका कारण कसैको पनि मृत्यु भएको छैन ।

त्यस्तै थप १९ संक्रमित निको हुँदा हालसम्म नेपालमा ९ लाख ६७ हजार ५ सय ३५ जना निको भएका छन् । हाल नेपालमा ३ सय ४८ सक्रिय संक्रमित आइशोलेशनमा रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here