भरत प्रसाई । इन्टरनेट सेवाप्रदायक भायो नेट बिर्तामोड शाखाले इन्टरनेटको पहुज सबैमा पु¥याउने उद्वेश्यले जनमास अभियानको सुभारम्भ गरेको छ ।
अभियानको पहिलो चरणमा बिर्तामोड लगायत शनिश्चरे ,चारपाने, लक्ष्मीपुर र शैनिक मोडमा मास अभियान आरम्भ गरीएको हो ।
प्रविधि मैत्रि युगमा स्पिड इन्टरनेटको आवश्यकता, भायो नेटको बिशेषता बिषयमा भायो नेटका शाखा प्रमुख सञ्जीव दुलालले स्थानिय ब्यवसायीहरुलाई बिफ्रिङ दिनु भएको थियो ।
२२ बर्षदेखी सेवा प्रदान गर्दै आएको भायो नेट, फाइवर केवलबाट इन्टरनेट प्रदान गर्ने नेपालकै पहिलो इन्टरनेट सर्भिस प्रोभाईडर हो । नेपाल भरी १८ शाखा रहेको भायो नेटको २ लाख भन्दा बढी ग्राहक रहेका छन् ।
झापाका दुई स्थान बिर्तामोड र दमकमा शाखा खोली सेवा प्रदान गरीरहेको भायो नेटले गएको एक बर्ष मै बिर्तामोडमा मात्रै १५ सय भन्दा बढी ग्राहक पाई सकेको बिर्तामोड शाखाका कर्पोरेट सेल्स प्रमुख वेदनाथ फुयालले जानकारी दिनु भयो ।
कम मुल्यमा स्पिड इन्टरनेटको सुविधा सहितको भायो टेलिभिजन समेत सञ्चालन गर्दै आएको भायो नेटप्रति ग्राहकको आर्कषण बढेको इन्टरनेट प्रयोगकर्ताहरुको भनाइ छ ।






