प्रमुख प्रतिपक्षी दल एमालेको सचिवालय बैठक आज बस्दै


१९ असार २०७९, आईतवार ०७:३१ मा प्रकाशित

काठमाडौँ । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेको सचिवालय बैठक आज (आइतबार) बस्ने भएको छ।

बिहान ११ बजे पार्टीको केन्द्रीय कार्यालय च्यासलमा बस्न लागेको साे बैठकमा आगामी चुनावको तयारी, पार्टीको आन्तरिक विषय र राष्ट्रिय राजनीतिबारे छलफल हुने प्रचार विभाग प्रमुख पृथ्वीसुब्बा गुरुङले जानकारी दिनुभयो।

प्रचार विभाग प्रमुख गुरुङका अनुसार बैठकले आगामी सङ्घीय निर्वाचनलाई लक्षित गरेर नेताहरूलाई विभिन्न जिम्मेवारी दिने तयारी रहेको छ।

केन्द्रीय कार्यालय सञ्चालन, सचिवालय बैठकका एजेण्डा तयार गर्ने लगायत कामका लागि महासचिव शंकर पोखरेलको नेतृत्वमा तीन उपमहासचिव, सात सचिव र कार्यालय सचिव गरी १२ जनाको केन्द्रीय कार्यालय रहेको छ।

शनिवार बसेको केन्द्रीय कार्यालयको बैठकले सचिवालय बैठकका एजेण्डा तय गरिसकेको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here