बिर्तामोडलाई पूर्ण खोप युक्त नगरपालिका घोषणा गरिने


१७ असार २०७९, शुक्रबार १९:१२ मा प्रकाशित

झापा । बिर्तामोड नगरपालिका पूर्ण खोप युक्त नगरपालिका घोषणा हुने भएको छ । शुक्रवार (आज) नगरप्रमुख पवित्रा महतारा प्रसाईको अध्यक्षतामा बसेको कार्यपालिकाको बैठकले बिर्तामोडलाई पूर्ण खोप युक्त नगरपालिका घोषणा गर्ने निर्णय गरेको हो ।

खोप समन्वय समितिको शुक्रवार विहान बसेको बैठकले बिर्तामोडका १० वटै वडाहरुमा सम्पूर्ण प्रक्रिया पूरा गरी पूर्ण खोप युक्त वडा घोषणा भई सकेको जनाउँदै नगरपालिकालाई पूर्ण खोप युक्त नगर घोषणाका लागि कार्यपालिकामा प्रस्ताव गरेको थियो ।

२३ महिनाभन्दा मुनिका बच्चाहरुले सबै प्रकारका खोप लगाई खोपको पुर्ण सुनिश्चिता भइसकेकोले बिर्तामोडका सबै वडालाई यस अघिनै पुर्ण खोपयुक्त वडा घोषणा गरि सकिएको छ । बिर्तामोडमा पुर्ण खोपका लागि शतप्रतिशत प्रगति हाँसिल गरेको खोप समन्वय समितिले जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here