घाईते मजदुरहरुको उपचार नगरेको भन्दै यातायात मजदुहरुद्वारा विराटनगरमा बिरोध प्रर्दशन


१७ असार २०७९, शुक्रबार १८:४३ मा प्रकाशित

नवीन कर्ण । विराटनगर घाईते मजदुरहरुको उपचार नगरेको भन्दै यातायात मजदुहरुले विराटनगरमा बिरोध प्रर्दशन गरेका छन ।
शुक्रबार दिउँसो बिरोध प्रर्दशनको क्रममा मजदुरहरुले दिउँसो १२ बजेदेखी साढे १२ बजेसम्म आधा घण्टासम्म बस टर्मिनलबाट बसहरुको आउजाउ ठप्प गरेका थिए । उनिहरुले बसटर्मिनल सामुन्नेको राजमार्गमा आधा घण्टासम्म बिरोध प्रर्दर्शनगर्दै कोणसभा समेत गरे ।

विराटनगर बसटर्मिनलमा राखिएको चार्जिङ स्टेशनको पोल ढल्दा असार १५ गते माईक्रो बसमा कामगर्ने २३ बर्षिय रोहन मगर र अभिनास रजक घाईते भएका थिए । घाईते मजदुरको उपचारमा सम्बन्धित निकायले ध्यान नदिएको भन्दै मजदुरहरुले सवारी आवगमन अवरुद्धगर्दै विरोध प्रर्दशन गरेका हुन ।

थोरै गहिरो खाल्डोमा पोल गाडिएकोले ढलेर आफ्ना साथीहरु घाईते भएको मजदुहरुले बताएका छन । तीनदिनसम्म लगातार घाउँदापनि विद्युत प्राधिकरण र जिल्ला प्रशासन लगायतका सरोकारवालाले मजदुरहरुको उपचारमा ध्यान नदिएकोले बाध्य भएर आफुहरुले विरोध प्रर्दशन गर्नु परेको नेपाल यातायात स्वतन्त्र मजदुर संगठन विराटनगरका अध्यक्ष उत्तम बन्जाराले बताउनुभयो ।

घाईते मजदुरको उपचार नगराए आफुहरु थप कडा आन्दोलनमा उत्रिने उहाँको भनाई छ । विरोध प्रर्दशनमा विराटनगर बस टर्मिनलका मजदुर सम्बद्ध सम्पुर्ण संघसंस्थाको सहभागिता रहेको थियो भने यातायात ब्यवसायिहरुले समेत ऐक्यबद्धता जनाएका थिए । मजदुरहरुको विरोध प्रर्दशनले उक्त क्षेत्रमा केहिबेर यातायात सेवा प्रभावित भएको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here